arrow

कांग्रेस पदाधिकारी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
deuba-niwas-budhanilkantha-81-5-26.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ। सोमबार बिहानैदेखि जारी यस बैठकमा पार्टीका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक अवस्था र आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको छ।

विशेषगरी, बैठकमा गृहमन्त्री एवं पार्टीका सांसद रमेश लेखक सम्बन्धित विषयमा छलफल केन्द्रित हुने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ। यो विषयमा नैतिकताका आधारमा उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि यसलाई समर्थन गरेका छन्।

यता, गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताएका छन्। उनले जेठ १३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेका छन्। आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ