arrow

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ खोज्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
rajendra-12-14.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। मङ्गलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरू सुनाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए। उनले भने, "नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ।"

यसका साथै, बैठकले प्रधानमन्त्रीले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ। जेठ १५ गते राप्रपा लगायत अन्य दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने किसिमको अभिव्यक्ति प्रधानमन्त्रीले दिएको आरोप लगाउँदै राप्रपाले प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको छ। शाहीले भने, "आज बसेको संसदीय दलको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको ठाडो उल्लङ्घन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ। प्रधानमन्त्रीले त्यो अभिव्यक्तिको जवाफ माग्ने।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ