-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-८, भऱ्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान ३:०० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
अवरुद्ध सडक सञ्चालनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।