arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट

शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
budget-082-01.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यो जानकारी दिए।

अर्थमन्त्री पौडेलका अनुसार, जनता आवास कार्यक्रमअन्तर्गत १ हजार घर निर्माण र सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

आगामी आर्थिक वर्षमा ७२७ किलोमिटर सहरी तथा ग्रामीण सडक कालोपत्रे तथा स्तरोन्नति गरिनेछ भने ४६ वटा स्थानीय सडक पुल र २०० वटा झोलुंगे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, नगर विकास कोषको पुनःसंरचना गरी लगानी क्षमता अभिवृद्धि गर्ने पनि उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ