एनएमबि बैङ्क र हिल्टन काठमाडौँबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
595
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेड र हिल्टन काठमाडौँ बीच एनएमबि बैङ्कका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ।
उक्त सम्झौता पत्रमा एनएमबि बैङ्कका ग्राहकहरूले हिल्टन काठमाडौँमा एनएमबि बैङ्कको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैङ्किङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्।
यो सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ।
बैङ्कले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दिगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैङ्कको वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।
एनएमबि बैङ्कले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ।