अपाङ्गता सचेतना सम्बन्धी लोकगीत प्रतियोगितामा ऊर्जाशील कमिटी विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
890
Shares
कास्की । अपाङ्गता सचेतना सम्बन्धी लोकगीत प्रतियोगितामा ऊर्जाशील कमिटी विजयी भएको छ । कास्की नेत्रहीन संघको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर २६ को विशेष सहयोगमा सम्पन्न भएको प्रतियोगितामा नेत्रहीन महिला संघ कास्कीलाई पछाडि पार्दै ऊर्जाशील विजयी भएको हो ।
सोमबार लेखनाथ २६ मा भएको प्रतियोगितामा नमूना आमा समूह तेस्रो भयो । १५ समूह सहभागी भएकामा नेत्रहीन युवा संघ कास्कीले सान्त्वना पुरस्कार हासिल गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले समाज परिवर्तनका लागि नयाँ अध्यायको थालनी गरेको बताए । त्यस्तै कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले समाजका सबैले यस्तै सहयोग र सहकार्यको वातावरण निर्माण गरे अपाङ्गताको सशक्तिकरणमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
त्यस्तै जनप्रतिनिधि सुजता बराल सुनार र लेखनाथ उद्योग वाणिज्य संघकी सचिव जानुका पराजुली, वडाका सूचना अधिकारी नवराज सापकोटाले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा ४० जना दृष्टीविहीनहरूलाई सेतो छडी, दुई ओटा ह्विल चियर र पाँच जना सुस्त श्रवणलाई पाँच ओटा हेयरिङ हेड वडाको तर्फबाट प्रदान गरिएको थियो ।
सोमबार यातायात ठप्प पारिएकाले श्रृजना बहिरा आवासीय माविले सहभागीहरुलाई कार्यक्रम स्थलसम्म पुर्याउन र फर्कनका लागि गाडीको व्यवस्था गरेको थियो ।