माइडिया मासिक लक्की ड्र २०८२: सम्पन्न, विजेता बलराम कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
546
Shares
काठमाडौँ। माइडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको "स्मार्ट लिभिङको नयाँ युग" योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।
यस लक्की ड्र कार्यक्रम अन्तर्गत श्री बलराम कार्की, काठमाडौँ निवासी, मासिक उपहारको रूपमा ८ केजी माइडिया वाशिङ मेसिन जित्न सफल भएका छन्। उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट माइडिया उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए। खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनीलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो।
माइडिया एक विश्व प्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। नेपालमा माइडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ। जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। माइडियाका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन्। जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ।
सीजी इलेक्ट्रोनिक्स, नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो। जसले माइडिया होम अप्लायन्सेसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ। चौधरी समूह अन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ।
जानकारीका लागि:
आउँदो बम्पर ड्र कार्यक्रमहरू अझै बाँकी छन्। माइडिया उत्पादन खरिद गरी क्यूआर कोड स्क्यानमार्फत आफ्नो विवरण दर्ता गर्नुहोस् र स्मार्ट जीवनशैलीको साथ उपहार जित्ने मौका नछुटाउनुहोस्। थप जानकारीका लागि नजिकको मिडिया डिलर वा सीजी इलेक्ट्रोनिक्स शोरूममा सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछन्।