arrow

ऐतिहासिक पदकधारी एरिकाको भव्य स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
erika-gurung-medal-2025.jpg

काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन् । 

एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडीसमेत बनिन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने पहिलो खेलाडी बनेकी थिइन् । 

यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन् ।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत  विजेता खेलाडी हुन् । उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
 

erika-gurung-karate-82-2-20 (17).jpeg
erika-gurung-karate-82-2-20 (16).jpeg
erika-gurung-karate-82-2-20 (15).jpeg
erika-gurung-karate-82-2-20 (14).jpeg
erika-gurung-karate-82-2-20 (13).jpeg
erika-gurung-karate-82-2-20 (12).jpeg
erika-gurung-karate-82-2-20 (11).jpeg
erika-gurung-karate-82-2-20 (10).jpeg
erika-gurung-karate-82-2-20 (9).jpeg
erika-gurung-karate-82-2-20 (8).jpeg
erika-gurung-karate-82-2-20 (7).jpeg
erika-gurung-karate-82-2-20 (6).jpeg
erika-gurung-karate-82-2-20 (5).jpeg
erika-gurung-karate-82-2-20 (4).jpeg
erika-gurung-karate-82-2-20 (3).jpeg
erika-gurung-karate-82-2-20 (2).jpeg
erika-gurung-karate-82-2-20 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ