arrow

पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिपमा अब्सुल्युट च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
taek-pokhara-82-2-20.jpg

पोखरा । मातृभूमि नेपालको  पोखरामा आयोजित पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। तेक्वान्दोकी अन्तर्राष्ट्रिय रेफ्री रेखमाया गुरुङको आयोजना तथा पूर्व राजसभा सदस्य ९९ सय वर्षीय अमरबहादुर गुरुङको मुख्य प्रायोजनमा दुई दिनसम्म चलेको प्रतियोगितामा ७ सय ७४ जना खेलाडीले भाग लिएका थिए । 

आयोजक संस्था अब्सुल्युट डोजाङ १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन भएको छ । प्रतियोगितामा शहीद मेमोरियल मावि ९ स्वर्णका साथ दोस्रो तथा पोखरा तेक्वान्दो डोजाङ ५ स्वर्ण पदकका साथ तेस्रो भएको गुरूङले जानकारी दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल तथा कोरियाका तेक्वान्दो समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस च्याम्पियनशिपलाई मुख्य प्रायोजक अमरबहादुर गुरुङको परिवारको उपस्थितिले थप गरिमामय बनाएको थियो । अमरबहादुर गुरुङ कोलोराडो निवासी समाजसेवी रमेश गुरूङका बुबा हुन् । उनको खेलकुद प्रतिको मोहका कारण  प्रतियोगितामा मुख्य प्रायोजक बनेको रमेश गुरूङले बताए ।

गण्डकीमा पहिलो पटक तेक्वान्दो डोजाङले यति ठूलो प्रतियोगिता आयोजना गरेको हो । पोखरामा ४० तेक्वान्दो डोजाङ रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ