arrow

संघीय संसदमा आज बजेटमाथि छलफल, समितिको प्रतिवेदन पेश हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुनेछ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सदनमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यक्रम पनि रहेको छ।

यता, राष्ट्रियसभाको बैठक भने आज दिउँसो १:१५ बजे बस्नेछ। राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ