arrow

एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायीः उपाध्यक्ष पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
ishwor-pokhrel-09-09.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन् ।

एमाले ओखलढुङ्गाको लिखु-काठमाडौँ सम्पर्क मञ्चको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छभने त्यो एमाले हो । त्यसैले पार्टीमाथि आक्रमणको प्रयास भइरहेको छ, पार्टी आर्थिक विकास र समृद्धिका ‘एजेन्डा’ बोकेर अघि बढिरहेको छ, तर नेपाल आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू विरुद्धमा लागिरहेको छन् ।”

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण एमालेविरुद्ध प्रहार नभएको उनको भनाइ थियो ।

एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताए । 

सोही अवसरमा मञ्चद्वारा प्रकाशित कम्युनिष्ट आन्दोलनको एकीकृत उपहार ‘लिखु सङ्गालो’ वरिष्ठ  पोखरेलले उक्त विमोचन गरे ।

मञ्चका अध्यक्ष पूर्ण खड्काले पुस्तकमा कम्युनिष्ट आन्दोलनसम्बन्धी ६० जनाको लेख रचना रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ