arrow

दश हजार माछाका भुरासेकुङ र भुतर्छो तालमा छाडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
fish-lake.jpg

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन् ।

मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले  दुवै तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन् ।

पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका-२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिए ।

समुद्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिए 

राष्ट्रिय गौरवको बेनी-जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ