arrow

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छ - बाबुराम भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
baburam-bhattrai-10-27.jpg

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको बताएका छन्। उनले संसद् जनताका मुद्दाभन्दा राजनीतिक दलका नेता र दलहरूको इगो साँध्ने थलो जस्तो बनेकामा दुःख व्यक्त गरे।

भट्टराईले विधेयकहरू पारित गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्नुपर्ने र बजेट अधिवेशनमा आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्ने बेलामा संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नै ठूलो नोक्सान पुगेको बताए। उनले नेपालमा अपनाइएको समावेशी सहभागितामूलक लोकतन्त्र उन्मुख संसदीय प्रणालीको अभ्यासमा कमजोरी देखिएको उल्लेख गरे।

"सत्तामा रहुन्जेल सबै ठीक छ भन्ने र सत्ताबाट निस्केपछि केही पनि ठीक छैन भन्ने प्रवृत्तिले एउटा औपचारिक लोकतन्त्रको मात्रै कुरा गर्छ," उनले भने, "संसद् जनताका मुद्दाभन्दा नेताका र दलहरूको इगो साँध्ने थलो जस्तो बनेको छ। महिनौँसम्म सामान्य विषयलाई लिएर सदन अवरुद्ध गर्ने र काम केही पनि नगर्ने भयो।"

भट्टराईले नेपालको अर्थतन्त्र युगौँदेखि कक्रिएर बसेको र लोकतन्त्रले यसलाई खुलापनमा ल्याए पनि साधनस्रोतको व्यापक परिचालन गरेर छोटो अवधिमा ठूलो फड्को हान्ने नीति लिन नसकिएको बताए। उनले नेपालको अर्थतन्त्र आन्तरिक रूपमा गतिहीनता र बाह्य रूपमा परनिर्भरताको साङ्लोमा परेको भन्दै यसबाट मुक्ति दिनु नै मुख्य जोड हुनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ