सीजी मोटर्स हिरोद्वारा ‘एक्सट्रयाक अफ–रोड ट्रयाक राइडिङ’ प्रदान गर्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
587
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सीजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा बढी राइडरहरुको सहभागितामा साथ भव्य रुपमा एक्सट्रयाक इभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पर्यटनको मुटु पोखरामा शनिबार आयोजना गर्ने भएको छ ।
उक्त इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङको अविष्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।
इभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।
पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” बिहान १० बजेबाट शुरू हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चाहने इच्छुकले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजमा गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने सीजीले बताएको छ ।
सहभागिताका लागि इच्छुक राइडरहरुले चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमा लिएर आउनु पर्नेछ ।
इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ ।
साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिसनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकलप्रेमी युवा पुस्ताहरुमा मोटरसाइकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सीजी हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटरसाइकलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो ।