सदन चालु हुने नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
704
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध कहिले अन्त्य हुन्छ भन्नेबारे आफू अनभिज्ञ रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताएका दाहालले अहिले भने दुई हप्ता बित्न लाग्दासमेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा निश्चित जानकारी नभएको बताए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूले करिब दुई हप्तादेखि संसद अवरुद्ध गर्दै आएका छन्।
सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद भवनमा विपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने बताए। उनले माधव नेपालसँग पनि संसदको अवरोधकै बारेमा छलफल भएको जानकारी दिए।