प्रधानमन्त्री मोदीले विमान दुर्घटनामा बाँचेका यात्रुसँग गरे १० मिनेट कुराकानी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
2k
Shares
अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार एयर इन्डियाको विमान दुर्घटना भएको अहमदाबादमा पुगे । उनले त्यहाँ सिभिल अस्पतालमा पुगेर उनले विमान दुर्घटनाका एकमात्र जीवित यात्रुलाई भेटे ।
उनले २४२ जना सवार विमान दुर्घटनाका एकमात्र जीवित भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमारलाई भेटेर १० मिनेट कुराकानी गरे ।
कुमारले भने, ‘म कसरी जीवित बाहिर निस्किएँ भन्ने कुरामा मलाई विश्वास नै लाग्दैन । सायद ढोका फुटेर सिटसँगै खसेको हुनुपर्छ । मलाई केही याद थिएन ।’
रमेश कुमार अहमदाबादको सिभिल अस्पतालमा भर्नारत छन् । प्रधानमन्त्री मोदीले शुक्रबार उनलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका थिए ।
यसपछि रमेशले डीडी न्यूजलाई भने कि प्रधानमन्त्रीले उनको स्वास्थ्यलाभको बारेमा सोधपुछ गरे र दुर्घटना कसरी भयो भनेर सोधे । रमेश विमानको सिट ११ ए मा बसिरहेका थिए। दुर्घटनापछि उनी आफैँ दुर्घटनास्थलबाट बाहिर निस्किएका थिए ।
प्रधानमन्त्री मोदीले अहमदाबाद विमानस्थलका वरिष्ठ अधिकारीहरुसँग छलफलसमेत गरेका थिए ।