रास्वपा र राप्रपाको विरोधबीच संसदमा बजेट र विधेयकको विषय अगाडि बढ्दै [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
549
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बजेट र महत्वपूर्ण विधेयकका विषयमा छलफल भएको छ । प्रतिपक्ष दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले विरोध गरिरहे पनि संसद चलिरहेको हो ।
गत जेठ १५ गते पेश भएको वार्षिक बजेटमा छलफल गर्ने समय घर्कन लागेको भन्दै गत शुक्रबारदेखि संसद चालु भएको हो । बजेट र महत्वपूर्ण विधे्यकका विषयमा संसद अगािड बढेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सहमति गरेसँगै संसद चलेको हो । यद्यपि राप्रपा र रास्वपाका सांसदहरुले विरोधबीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
बजेटका विषयमा छलफल चलिरहँदा रास्वपा वेल घेराउ गर्दै नाराबाजीमा डटिरहँदा राप्रपाले बजेट छलफल बहिस्कार गर्यो । त्यस्तै प्रतिपक्ष सबैजसो दलका सांसदहरु कुर्सीमा कमै थिए ।
अर्को बैठक सोमबार बस्नेछ । त्यसअघि बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रतिपक्ष दलले विरोध गरेको अवस्थामा सदन सञ्चालन गर्नु सोभनीय नभएको उल्लेख गर्दै संसद नचलाउन अनुरोध गरे ।
“भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही हुनुपर्छ भन्ने मागमा सबैले साथ दिनुहोस्”, उनले भने, “यसरी संसद् चलाउनु, यो संसदीय अभ्यास हैन, यस्तो अवस्थामा संसद् नचलाइयोस् ।”
अर्का सांसद अमरेशकुमार सिंहले पनि नाराबाजीका बीच आफूले बोल्न नसक्ने सभामुखलाई जानकारी गराए ।
नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले पाँचथर जिल्लाको हेवा खोलामा निर्माणधीन ‘बेलिब्रिज’ भत्किँदा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै सो घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको समान्य छलफल प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेलाई बोल्न समय उपलब्ध गराएका थिए । सांसद पाण्डेले रास्वपाको नाराबाजीका बीच सभा सञ्चालन गर्दा प्रभावकारी नहुने बताए ।
“मन्त्रीज्यूले बजेटका सन्दर्भमा संशोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा जानकारी गराउँदै हुनुहुन्छ । प्रतिपक्ष दलमध्ये एउटा दल नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीले भन्नुभएको कुराहरु हामी सुनिरहेका छैनौँ”, उनले भने, “सभा सञ्चालनको तरिका भएन । बैठक स्थगित गरेर, अवरोध गर्ने दलसँग सहमति गरी एउटा टुङ्गो पुगेर बैठक अघि बढाउनुहोस् ।”