arrow

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
kaligandaki-sadak-pahiro-2080-03-16.jpg
फाइल तस्बिर

गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । 

उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ स्थित बरल्वामा सोमबार अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए । 

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवैतर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ