arrow

पाँच दिनदेखि जारी इजरायल–इरान युद्ध तत्काल नरोकिने संकेत, थुप्रैको गयो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
israel-iran-ware.jpg
तस्बिर– इजरायको तेल अभिभ, एएफपी ।

काठमाडौँ । पाँच दिनदेखि (जुन १३ तारिखदेखि) जारी इजरायल र इरानबीचको युद्ध तत्काल रोकिने छाँट देखिएको छैन । इरानले मंगलबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तेल अविवमा रहेको मुख्यालयमा हवाई आक्रमण गरेको छ। यसबाहेक, सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सीको भवनलाई पनि निशाना बनाइएको छ।

इजरायली हवाई आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात सैन्य आपतकालीन कमान्डका प्रमुख थिए । उनले ४ दिनअघिमात्र यो पद सम्हालेका थिए ।

इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो । रशिदको गत शुक्रबार मृत्यु भएको थियो । 

इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । यसैबीच इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी मानवअधिकारवादी संस्थाले भने इरानमै चार सय भन्दा बढी मरेको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ