arrow

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन: देउवा [भिडियो]

ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
deuba-07.jpg

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्। शनिबार ललितपुरमा आयोजित 'सुगौली सन्धि र नेपालमा नागरिकता' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने बताए। उनले अन्य कामका लागि गैरआवासीय नेपाली (एनआरएन) सरहको नागरिकता दिन सकिने तर नेपालजस्तो सानो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आउन सक्ने उल्लेख गरे।

"जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ। त्यसमा म स्पष्ट छु," देउवाले भने, "ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन्। छिट्टै निष्कर्ष निस्कनेछ।"

उनले नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको भन्दै ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।

सभापति देउवाले गोरखा सैनिकहरूको इतिहास गर्विलो रहेको बताए। उनले ब्रिटिश गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको र नेपाल र बेलायतबीचको सम्बन्ध विस्तारमा गोरखा सैनिक फौजको महत्त्वपूर्ण भूमिका रहेको जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ