arrow

इरानस्थित भारतीय दूतावासद्वारा नेपाली र श्रीलङ्काली नागरिकको उद्धारका लागि पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
iran-map.gif

काठमाडौं। इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा ती देशका नागरिकको उद्धारका लागि पहल गर्ने भएको छ। इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

भारत सरकारले इरानबाट आफ्ना नागरिकको उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार, यस अभियानअन्तर्गत अहिलेसम्म ५१७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्किसकेका छन्।

जैसवालले ‘एक्स’ (पहिले ट्विटर) मा लेख्दै जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट एक विशेष उद्धार उडान नयाँ दिल्लीमा अवतरण गरेको जानकारी दिएका छन्।

इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ। यो द्वन्द्व गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक हवाई आक्रमण गरेपछि सुरु भएको थियो।

त्यसको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले इजरायली लडाकु विमान इन्धन उत्पादन केन्द्र र ऊर्जा आपूर्ति केन्द्रलाई लक्षित गरी ‘अपरेसन ट्रु प्रोमिस ३’ नामक ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ