arrow

प्रतिनिधि सभा

सांसद सुनील शर्माको सरकारमाथि प्रश्नै प्रश्न [भिडियो]

पाँच जिल्लाका मात्र नेपाली नागरिक हुन्?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
sunil-sharma-08.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आइतबार प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा केही सीमित जिल्लालाई मात्र प्राथमिकता दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गर्दै ‘पाँच वटा जिल्लाका मात्र नेपाली नागरिक हुन् त?’ भन्दै प्रश्नै प्रश्न तेर्साएका हुन्।

सांसद शर्माले कर्णाली, मुगुदेखि तराई-पहाडका पाँच जिल्लाबाहेक अन्य ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक नभएको हो? भन्दै प्रश्न गरे। उनले ती जिल्लाका नागरिकलाई खानेपानी, सिँचाइका लागि बोरिङ वा भत्किएका कुलो बनाउन पाए हुन्थ्यो भन्ने नलाग्ने हो भन्दै सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए।

“तपाईँहरूलाई अलिकति दया लाग्दैन?” उनले प्रश्न गरे, “त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन?”

सांसद शर्माले प्रधानमन्त्री र मन्त्रीहरूलाई ‘नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन?’ भन्दै उनीहरू देशको मन्त्री हुन् कि देशको एउटा सानो झुन्डभित्रको मात्र नेता हुन् भनी प्रश्न गरे। उनले गठबन्धनको आवश्यकतामाथि पनि प्रश्न उठाउँदै अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्र रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै व्यंग्य गरे।

उनले चेतावनी दिँदै भने, “तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ? यो मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई।”

सांसद शर्माले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने माग पनि राखेका छन्। उनको यो अभिव्यक्तिले बजेट विनियोजनमाथि संसदभित्र र बाहिर थप बहस सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ