arrow

विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
france-army.jpg

काठमाडौँ । फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान ४:३० बजे गौल्ट गाउँमा यो आक्रमण भएको हो। प्रारम्भिक जानकारीअनुसार, दुलहा र दुलही पार्टीबाट निस्कँदै गर्दा नकाबपोश आक्रमणकारीले गोली चलाएका थिए।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार, आक्रमणकारीमध्ये एकको दुलहा र दुलही बोकेको गाडी सुरक्षाका लागि भाग्दै गर्दा दिएको ठक्करबाट मृत्यु भएको थियो। यस्तै, बेहुलीको भने आक्रमणकारीको गोली लागेर मृत्यु भएको थियो।

यस गोलीकाण्डमा संलग्नहरूको खोजीका लागि करिब १०० जना प्रहरी परिचालन गरिएको अनुसन्धान स्रोतले जनाएको छ। घटनाको विस्तृत विवरण र आक्रमणकारीको पहिचानका लागि अनुसन्धान जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ