arrow

रुपाको बजेट ४८ करोड ५५ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
rupa-gaunpalika-kaski.jpg

पोखरा । कास्कीको रूपा गाउँपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार आयोजित १८औँ गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङल नयाँ बजेट सार्वजनिक गरेकी हुन् ।

उपाध्यक्ष गुरुङले चालु खर्चका लागि ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ र पूँजीगततर्फ १५ करोड २० लाख ५७ हजार रुपैयाँ विनियोजन गरेकी हुन् ।

बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड भन्दा बढीको रकम छ ।

गण्डकी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदानलगायत दुई करोड भन्दा बढी रकम प्राप्त हुने उल्लेख गरिएको छ ।

आन्तरिक स्रोतबाट एक करोड ६४ लाख र चालु आर्थिक वर्षको बाँकी तीन करोड ८९ लाख रुपैयाँसमेत समेटिएको छ । प्राप्त हुन नसक्ने पाँच करोड ५३ लाख रुपैयाँ पनि बजेटमा समावेश गरिएको छ ।

यस्तै, कृषि र पशुपालनमा करिब पाँच करोड, स्वास्थ्यमा तीन करोड ५९ लाख, शिक्षामा १६ करोड ७२ लाख, पूर्वाधार विकासमा १० करोड ८९ लाख, सामाजिक क्षेत्रमा २१ करोड २३ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन, शिक्षा, खानेपानी, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षालाई समेत बजेटमा उच्च प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले जलदेवी धार्मिक क्षेत्र संरक्षण, ग्रेटवाल ट्र्याक निर्माण, घुम्ती कृषि कार्यक्रम, दूध उत्पादनमा आत्मनिर्भरता, एक वडा-एक पोखरी कार्यक्रम, रूपाकोट अस्पताल सुदृढीकरण, सोलार वितरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।

रूपा गाउँपालिकाले चालु आर्थिक वर्ष ५० करोड ४६ लाखको बजेटमध्ये ८९दशमलव९६ प्रतिशत राजस्व संकलन गरेको छ भने औसत खर्च प्रगति ५६दशमलव९७ प्रतिशत रहेको जानकारी उपाध्यक्ष गुरुङले जनाइन् ।

यसअघि गाउँपालिका अध्यक्ष नवराज ओझाले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ