arrow

रहेनन् एनएसजेएफका संस्थापक सदस्य क्षितिज अरुण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
chhit-arun-shrestha-82-3-8.jpg

काठमाडौँ । अग्रज खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का संस्थापक सदस्य क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि बिमार ५५ वर्षीय श्रेष्ठको आइतबार राति पाटन अस्पतालमा निधन भएको हो । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना हुँदा ११ जना संस्थापक सदस्यमा उनी पनि थिए । 

उनी फोटो पत्रकारको रूपमा करिब दुई दशक नेपाली खेल पत्रकारितामा सक्रिय रहे । ओलम्पिक संग्रहालयका संस्थापक उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुदसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशन गरेका थिए ।

पछिल्लो समय उनी नेपाल स्टिक स्पोर्टस संघका महासचिव तथा बिजनेस डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका थिए ।

श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलिम्पिक कमिटीका पदाधिकारी एवं खेलकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । 

उनको निधनप्रति मञ्चले शोक विज्ञप्ति जारी गरेको छ । त्यस्तै उनको पार्थिव शरीरमा नेपाल ओलम्पिक कमिटीले ओलम्पिकको झन्डा ओढाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ