काठमाडौँ। मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यससँगै नेपालले पहिले बलिङ गर्नेछ।
नेपाल र जापान दुवैका लागि यो दोस्रो खेल हो। दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई हराएको थियो।
एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित यस प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।