arrow

त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
tia-passangers-82-3-10-(1).jpg

काठमाडौँ । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । 

सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । 

यस्तै हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । 

कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु  आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो । जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । 

कतारबाट काठमाडौँ आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौँ आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ ।

महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गरे । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । 

उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । 

नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

tia-passangers-82-3-10 (19).jpg
tia-passangers-82-3-10 (18).jpg
tia-passangers-82-3-10 (17).jpg
tia-passangers-82-3-10 (16).jpg
tia-passangers-82-3-10 (15).jpg
tia-passangers-82-3-10 (14).jpg
tia-passangers-82-3-10 (13).jpg
tia-passangers-82-3-10 (12).jpg
tia-passangers-82-3-10 (11).jpg
tia-passangers-82-3-10 (10).jpg
tia-passangers-82-3-10 (9).jpg
tia-passangers-82-3-10 (8).jpg
tia-passangers-82-3-10 (7).jpg
tia-passangers-82-3-10 (6).jpg
tia-passangers-82-3-10 (5).jpg
tia-passangers-82-3-10 (4).jpg
tia-passangers-82-3-10 (3).jpg
tia-passangers-82-3-10 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ