arrow

एलजी नेपालबाट 'एफेक्सनेट इन्टेलिजेन्स' को विशेष प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
lg-ai-cg-82-3-13.jpg

काठमाडौँ । एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “एफेक्सनेट इन्टेलिजेन्स” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । 

सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ । यसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको आर्टिफिसियल इन्टेलिजेन्सको शुरुआत दर्शाउने चौधरी ग्रुप सीजीले जनाएको छ ।

दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम असार १३ मा डिलरहरूको लागि र असार  १४ मा सर्वसाधारणका लागि आयोजना हुनेछ ।

कार्यक्रममा सहभागीहरूले एलजी को नयाँ पुस्ताको एआई इनोभेसन्स प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् । यसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्ने कम्पनीको दाबी छ ।

“एफेक्सनेट इन्टेलिजेन्स” केवल प्रडक्ट्सको प्रदर्शन मात्र नभई, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजी को दृष्टिकोण हो । यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्ने दाबी गरिएको छ ।

नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, एलजी र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुने जिकिर कम्पनीको छ ।

चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमाल भन्छन्, "यो हाम्रो लागि निकै गर्वको क्षण हो। एलजी सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो। दशकौ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब ‘एफेक्सनेट इन्टेलिजेन्स’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।”

एलजी र सीजी बीचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ। आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ ।

सर्वसाधारणलाई असार  १४ गते शनिबार बिहान ११:०० बजेबाट साँझ ५:०० बजेसम्म, ललितपुरको द प्लाजामा आयोजना हुने यो अद्वितीय अनुभवमा सहभागी हुन आमन्त्रणसमेत गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ