arrow

साँझ सार्वजनिक हुँदै एसईईको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज आउने भएको छ । नतिजा साँझ प्रकाशित हुने भएको हो ।  

आज दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । गत चैत ७ देखि १५ गतेसम्म भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

गत परीक्षामा धेरै विद्यार्थी असफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै विद्यार्थी उत्तीर्ण गर्न निर्देशन दिएका थिए । 

यद्यपि सामुदायिक विद्यालयका शिक्षकहरू एसईई छाडेर आफ्ना माग लिएर राजधानी केन्द्रित आन्दोलनमा सहभागी भएका थिए । 

परीक्षा पुस्तिकासमेत परीक्षण नगरी आन्दोलनमा होमिए पनि नतिजा भने समयमै आउने भएको हो । 

पुस्तिका हतारमा परीक्षण गरियो वा उत्तरपुस्तिकालाई सही ढंगले हेरियो त्यसको मूल्यांकन भने हुने नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ