एसईईको नतिजा सार्वजनिक गर्न ढिलाई, बोर्ड बैठक जारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुँदैछ । साँझ ६ बजे नतिजा सार्वजनिक गरिने भनिए पनि ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेकाले नजिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत चैत ७ देखि १६ गतेसम्म भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
गत परीक्षामा धेरै विद्यार्थी असफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै विद्यार्थी उत्तीर्ण गर्न निर्देशन दिएका थिए ।
यद्यपि सामुदायिक विद्यालयका शिक्षकहरू एसईई छाडेर आफ्ना माग लिएर राजधानी केन्द्रित आन्दोलनमा सहभागी भएका थिए ।
परीक्षा पुस्तिकासमेत परीक्षण नगरी आन्दोलनमा होमिए पनि नतिजा भने समयमै आएको हो ।