आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
896
Shares
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जेठ १५ गते प्रस्तुत गरेको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए। सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे।
प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ।