arrow

थाइल्याण्ड ओपन करातेमा नेपालको राम्रो प्रदर्शन, एरिकाले जितिन् स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
thailand-open-82-3-14.jpg

काठमाडौँ । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।

थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यू–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते ।

सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेश्रो भइन् । 

सिनियर महिला ५५ केजीमा सबिना श्रेष्ठले तेश्रो स्थान हासिल गरिन् ।

सिनियर महिला ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन् । यू–१४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन् । पुरुष ४५ केजीमा आशिष हरिजन तेस्रो भए । यू–१४ पुरुष ५० केजीमा प्रजल थापा तेस्रो भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ