arrow

‘कुलिङ पिरियड’ मा चलखेल

कुलिङ पिरियडबारे छानबिन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैन: सांसद बडू

कांग्रेस सांसद बडूद्वारा छानबिन समिति गठनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
badu.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले 'कुलिङ पिरियड' सम्बन्धी विधेयकमा भएको चलखेलको निष्पक्ष छानबिन गर्न सभामुख देवराज घिमिरेसँग छानबिन समिति गठन गर्न आग्रह गरेका छन्। बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो माग दोहोर्‍याएका हुन्।

सांसद बडूले मंगलबार सभामुखसँगको भेटमा पनि छानबिन समितिको माग गरे पनि अहिलेसम्म सहयोग हुन नसकेको बताए। उनले राष्ट्रिय सभामा प्रस्तुत गर्दा विधेयकलाई सच्याएर पठाइनुपर्नेमा जोड दिए। "सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानबिन समिति बनाउन माग गरेको छु, तर सहयोगको अवस्था देखिरहेको छैन," उनले भने।

राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै बडूले जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरे। "हामी सबै लेखेर दिन्छौं," उनले भने, "तपाईं (सरकार) अपर हाउसमा सरकारले प्रस्तुत गर्ने हो। सरकारको तर्फबाट संशोधनसहित ल्याएको छु भनेर संसदमा पेश गर्नुस्। अप्पर हाउसमा।"

सांसद बडूले आफ्ना सांसदहरू राष्ट्रिय सभामा पनि रहेकाले संशोधन प्रस्ताव राखेर विधेयक सच्याउन सकिने बताए। उनले जालझेलको शुरुवात कहाँबाट र को-को जोडिएका छन्, त्यसको छानबिन हुनुपर्नेमा जोड दिए। "सभामुखबाट छानबिनको अपेक्षा गरेका छौं," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ