छ दिनपछि अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
945
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्किएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए ।
अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो । मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगत्तै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।