arrow

रासायनिक मलको सहज आपूर्तिका लागि संसदीय समितिले सरकारलाई दियो निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
samiti-abdul.jpg

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो।

समितिले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ।

साथै, समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरूको कोटा प्रणालीसमेत पुनरावलोकन गर्न निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ