arrow

अर्थ समितिमा गभर्नर

बैंकको पैसालाई लगानीमा आकर्षित गर्न सरकारले नीति बनाउनुपर्छ: गभर्नर पौडेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
bishwanaath.jpg

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले बैंकमा थुप्रिएको रकम परिचालन गर्नका लागि सरकारले अवसर खोजिदिनुपर्ने र राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्न सक्ने खालको हुनुपर्ने बताएका छन्। आइतबार अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

गभर्नर पौडेलका अनुसार, सबै काम मौद्रिक नीतिले मात्र गर्न सक्दैन। त्यसैले सरकारले वित्तीय नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरू ल्याउनुपर्छ। वित्तीय नीतिमार्फत लिइने कार्यक्रमहरूले मुलुकलाई समृद्धितर्फ अघि बढाउन सक्ने उनको भनाइ छ। उनले ऋण दिएर मात्रै मान्छे व्यवसायी बन्न नसक्ने भन्दै त्यसका लागि विशेष सीप र क्षमता चाहिने बताए। व्यवसायी गर्न नजान्नेलाई ऋण दिइयो भने जनताको निक्षेप डुब्ने खतरा रहने उनको भनाइ छ।

"देश इलेक्टेड लिडरले चलाउने हो। इलेक्टेड लिडरले पोलिसी बनाएर देशलाई अघि बढाउनुपर्छ," गभर्नर पौडेलले भने, "सरकारले वित्त नीतिमार्फत कार्यक्रमहरू ल्यायो भने ती कार्यक्रमलाई समर्थन गर्नेगरी मौद्रिक नीति आउँछ। पहिला सरकार अग्रसर हुनुपर्‍यो।"

उनका अनुसार राज्यले लगानीका अवसरहरू खोजिदिनुपर्छ। अहिले हाइड्रोमा लगानी गर्नेहरू खुसी छन्। त्यस्तै क्षेत्रहरू राज्यले खोजिदियो भने बैंकहरूले लगानी गर्नेछन्।

गभर्नर पौडेलका अनुसार, अहिले मुलुकमा वाह्य ऋण बढेको छ भने राजस्व बढ्न सकेको छैन। अहिले बाफिया विधेयकमा भइरहेको छलफलले दीर्घकालीन रूपमा पार्ने प्रभावबारे सोच्न उनले सांसदहरूलाई आग्रह गरे। गभर्नर पौडेलले बैंकहरूको वर्गीकरणका बारेमा समेत राष्ट्र बैंकले अहिले गृहकार्य गरिरहेको र यसको नतिजा छिट्टै आउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ