arrow

पहिलो पटक बंकरबाट निस्के खामेनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
ayotullaha-ali-khameni-.jpg

तेहरान । इजरायल र इरानबीचको युद्धपछि सुरक्षित बंकरमा लुकेर बसेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अब भने बाहिर आएका छन् । 

एक धार्मिक कार्यक्रममा उनी सार्वजनिक रूपमा देखा परे। यो जानकारी इरानको सरकारी मिडियाले दिएको हो ।

इरानी सरकारी टेलिभिजनमा प्रसारित भिडियोमा खामेनीले मस्जिदमा मानिसहरूलाई अभिवादन गर्दै र उनीहरूलाई खुशी पारेको देखाइएको छ। 

यो अवसर नमाजी इमाम हुसैनको शहीद दिवस मनाउने क्रममा थियो। शिया मुस्लिमहरुको लागि यो महत्वपूर्ण दिन हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा कालो कपडामा खामेनीलाई देख्न सकिन्छ भने उनको अगाडि उभिएको भीडले  ‘हाम्रो नेताका लागि हाम्रो नसामा रगत छ’ भन्दै नारा लगाएको देखिन्छ । सरकारी टिभीले उक्त क्लिप मध्य तेहरानस्थित इमाम खोमेनी मस्जिदको रहेको बताएको छ।

सन् १९८९ देखि इरानमा शासन गरेका खामेनी जुन १३ मा इजरायली हवाई हमलापछि सार्वजनिक रूपमा देखा परेका थिएनन् । 

गत साता पूर्व रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो, जसमा उनी देखिएका थिए। संसदका सदस्यहरूसँग भेट्दा उनी सार्वजनिक रूपमा देखिएका थिए ।

इरानलाई आणविक शक्ति बन्नबाट रोक्न इजरायल र अमेरिकाले चर्को हमला गरे पछि इरानले पनि जवाफी हमला गरी जवाफ दिएको थियो । इजरायलले इरान आणविक परीक्षणको धेरै नजिक पुगेको दाबी गरेको छ । जसका कारण उनको देश खतरामा परेको थियो र यही कारणले उसले इरानमाथि आक्रमण गरेको थियो ।

इरानी प्रशासनले यी आक्रमणमा ९०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ भने उता इरानको आक्रमणमा कम्तीमा २८ इजरायली व्यक्तिको मृत्यु भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ