सुनील शर्माले सोधे – डाक्टरलाई कारबाही गर्ने निर्णय उद्योग मन्त्रालयले ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
960
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माले चिकित्सकलाई कारबाही गर्ने प्रक्रिया गलत भएको बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले मेडिकल सम्बन्धमा भएका गतिविधिहरुलाई गम्भीरपूर्वक लिनुपर्नेमा जोड दिँदै आज नेपालभरिका अस्पतालहरुका ओपीडीहरु बन्द हुँदा बिरामीहरु मारमा परेको जनाए ।
उनले भने, ‘नेपाल मेडिकल काउन्सिलमा रजिस्टर्ड भएर काम गरिरहेका डाक्टरहरु आज कालोपट्टी बाँधेर सडकमा उत्रिनु भएको छ र त्यो चाहिँ बाध्यकारी अवस्था हो खासमा । यो नोटिस आउन बित्तिकै सरकारले यसलाई विशेष ढंगले डिल गर्नुपर्ने समाधान गर्नुपर्ने कुरा दिन बित्दासमेत बिरामीहरु यत्र, तत्र, अलपत्र छन् ।’
उनले डाक्टरलाई बिरामी जाँच्ने स्वीकृति दिने एउटा र कारबाही गर्ने गैर स्वास्थ्यको निकाय हुनु दुःखद भएको भन्दै अगाडि भने, ‘हाँस्यास्पद कुरो त के छ भने मेडिकल काउन्सिलमा जाँच दिएर लाइसेन्स लिएर मान्छेलाई अप्रेशन गर्न स्वीकृति प्रदान गर्ने अनि त्यो डाक्टरले गरेको अप्रेशन ठीक छ छैन भनेर निर्णय गर्ने चाहिँ उद्योग मन्त्रालय अन्तर्गत बनेको कानून र गैर मेडिकल मान्छेहरुले डाक्टरहरुले गरेका काम कारबाहीका सम्बन्धमा निर्णय गर्ने यो भन्दा अर्को लज्जास्पद र दुःखद निर्णय हुन सक्छ कि सक्दैन र सरकार गम्भीर हुनुपर्छ कि पर्दैन भन्ने मेरो मुख्य प्रश्न हो ।’