-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ताप्लेजुङ । ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ। खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो ।
नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् ।
मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।
बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए ।
हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ-ताप्लेजुङ-काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ ।
ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।