arrow

सकियो कांग्रेस बैठक, देउवा भन्छन्– गठबन्धन पूर्ण समय टिक्छ, संविधान संशोधनको काम हुन्छ [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
congress-central-committee-82-3-16ff.jpg

काठमाडौँ । नेपाली कांग्रेसको गत असार १६ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । सोमबार रातिसम्म चलेको बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै बैठक सम्पन्न भएको घोषणा गरेका हुन् । 

उनले सम्बोधनका क्रममा कांग्रेस र एमालेबीच सत्ता गठबन्धन भएको र यो गठबन्धनले पूरै समय सत्ता चलाउने दाबी गरे । 

उनले भने, ‘मलाई विश्वास छ यो गठबन्धन पूरा समयसम्म रहनेछ । दुई ठूला पार्टीबीच समस्या आउनुलाई ठूलो ठान्नु हुँदैन । हामीले समस्या छलफल गर्न समाधान गर्न सक्छौँ ।’

उनले संविधान संशोधनको प्रक्रिया चाँडै अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको कुरा उठेको छ । यसमा उपराष्ट्रपतिको भूमिकाबारे राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने संशोधन गर्ने कुरा छ । धेरै कुराहरु छैनन् । सबैको प्रतिनिधित्व हुने गरी संविधान छ । यो अत्यन्तै समावेशी छ । एमालेसँग छलफल गरेर हामी समाधान गर्न सक्छौँ ।’

बैठक सकिएको भन्दै देउवाले यसपालिको बैठक लामो भएको संकेत गर्दै अर्को पटकदेखि बैठक लाइभ हुने पनि बताए । 

कांग्रेसले एकपटकमात्र लाइभ गरेको छ । नेपालका अन्य दलले अहिलेसम्म पार्टीको बैठक लाइभ गर्न सकेका छैनन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ