सवारीको नयाँ युगमा टीभीएस जुपिटर ११० नेपालमा [फोटोफिचर]
शुरुआती बजार मूल्य २ लाख ५७ हजार नौ सय
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
925
Shares
काठमाडौँ । विश्वव्यापी रुपमा दुई तथा तीन पाङ्ग्रे सवारी साधन निर्माण गर्ने अग्रणी कम्पनीले नेपालमा नयाँ टीभीएस जुपिटर ११० सार्वजनिक गरेको छ ।
यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सिग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।
नयाँ जुपिटर ११० ले एक स्कुटर मात्र होइन शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व गर्दछ ।
टीभीएस जुपिटर ११० मा समावेश गरिएको सेग्मेन्टकै पहिलो वा उत्कृष्ट विशेषताहरुले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछन् ।
‘स्टाइल, माइलेज, प्रदर्शन, सुविधा र सुरक्षामा अझ बढी’ भन्ने दर्शनका साथ ल्याइएको यो नयाँ जुपिटर ११० ले यात्रालाई अझ सहज, सुरक्षित र रमाइलो बनाउने वाचा गरेको छ।
नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स मार्फत सार्वजनिक गरिएको नयाँ जुपिटर ११० मा १५ वटा फर्स्ट–इन–क्लास र १४ वटा बेस्ट–इन-क्लास विशेषताहरू छन्, जसले ग्राहकको रोजाइ र आवश्यकतालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्नेछ।
यसको शुरुआती बजार मूल्य २ लाख ५७ हजार नौ सय रुपैयाँ रहेको छ ।
यस्ता विशेषताहरु यस्ता रहेका छन्–
कम्पनीका अनुसार नयाँ जुपिटर ११० मा इनफिनिटी लाइट बार, पियानो ब्ल्याक प्यानल, र चिल्लो आधुनिक डिजाइन रहेको छ। यसले यात्रालाई स्टाइलिश बनाउनुका साथै सुरक्षामा समेत ध्यान दिएको छ।
नयाँ पुस्ताको इन्जिन - आईजीओ एसिस्ट टेक्नोलोजीसहित
यसमा राखिएको ११३.३ सीसी को ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन ले ५.९ किलोवाट पावर र ९.८ एनएम टर्क प्रदान गर्छ। आईजीओ एसिस्ट टेक्नोलोजीले स्कुटरलाई जब चाहियो तब बढी टर्क दिन्छ, जसले ओभरटेक गर्दा र चढाइहरूमा सहजता ल्याउँछ। साथै, यसले माइलेजमा १०% सुधार ल्याएको छ।
यात्रालाई आरामदायी र सजिलो बनाउने फिचरहरू
यो स्कुटरमा यात्रालाई सजिलो र व्यावहारिक बनाउने धेरै विशेषताहरू छन्:
• ३३ लिटर ड्युल हेल्मेट अन्डर-सिट स्टोरेज, अगाडि इन्धन भर्ने सुविधा, र फराकिलो लेग स्पेस
• रोटोपेटल डिस्क ब्रेक, मेटल म्याक्स बडी, इमर्जेन्सी ब्रेक वार्निङ र हाजार्ड ल्याम्प जस्ता सुरक्षा फिचरहरू
• फाइन्ड मी, फलो मी हेडल्याम्प्स र अटो क्यान्सल टर्न सिग्नल जस्ता स्मार्ट फिचरहरू
• टीभीएस स्मार्ट कनेक्ट टीएम मार्फत ब्लुटुथ सक्षम डिजिटल डिस्प्ले, जहाँ कल, एसएमएस, नेभिगेसन, र भ्वाइस असिस्ट उपलब्ध छन्
• रियल टाइम फ्युल एफिसियन्सी, डिस्टेन्स टु एम्प्टी, र अन्य जानकारी दिने फिचरहरू
यात्राको सुरक्षा र सन्तुलनमा नयाँ स्तर
नयाँ जुपिटरमा बडी ब्यालेन्स २.० टेक्नोलोजी प्रयोग गरिएको छ, जसले स्कुटरलाई सजिलो सन्तुलन दिन्छ। इन्धन ट्याङ्कीलाई अगाडि सारेर तल्लो केन्द्रबिन्दु बनाइएको छ, जसले ट्राफिकमा थोरै गतिमा पनि स्कुटरलाई सजिलै सन्तुलन राख्न मद्दत गर्छ।
नेपाली बजारका लागि विशेष
नयाँ जुपिटर ११० डान ब्लु माट कलरमा उपलब्ध छ र यसको सुरुवाती मूल्य रू. २,५७,९०० रहेको छ।
जगदम्बा मोटर्सका साहिल अग्रवाल र अखिल गुप्ता ले भने, “टीभीएस मोटरसँगको हाम्रो साझेदारी अझ बलियो हुँदै गएको छ। नयाँ जुपिटर ११० मा समावेश प्रविधिहरूले यात्रा सुरक्षित, टिकाउ र अझ सुविधाजनक बनाउने छन्। हामी विश्वस्त छौं कि यसले नयाँ मापदण्ड स्थापन गर्दै नेपाली ग्राहकबाट अत्यधिक रुचाइनेछ।”