रासायनिक मलको सहज आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
499
Shares
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्देशन जारी गरेको हो।
समिति सभापति ऋषिकेश पोखरेलले पालिका (स्थानीय तह) मार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिए। सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ।
यसैबीच, बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ।