arrow

जनसंख्या नीति नागरिकको आवश्यकतामा आधारित हुनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
pradeep-poudel-s.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरू निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पौडेलले जनसंख्यामैत्री सरकार र राज्य निर्माणका लागि जनताका समस्या सम्बोधन गर्ने खालका नीतिहरू जरुरी रहेको बताए। उनले जनसंख्या नीति मानिसको सङ्ख्या मात्रै नभई रोजगारी, अवस्था र स्थितिको मापन गर्ने तथा कामको योजना बनाउने नीति पनि रहेको स्पष्ट पारे।

"जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न खोजेका हौँ भने हाम्रा नीतिहरू पनि आम नागरिकले चाहेको, नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ," मन्त्री पौडेलले भने, "त्यसैले यो मान्छेका सङ्ख्याहरूसँग मात्रै होइन। मान्छेका चाहनाहरूसँग पनि यो नीति जोडिएको छ। सुशासनसँग पनि जोडिएको छ। अन्य पक्षसँग पनि जनसंख्या नीति जोडिएको छ। सरकारको जनसंख्या नीतिप्रति प्राथमिकता रहेको छ भन्ने कुरा स्पष्ट भएको छ।"

मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको जानकारी पनि दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ