राप्रपा अनुशासन समितिबाट हटाइएपछि सुवेदी निर्वाचन आयोगमा, धवलको साथ [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
626
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । राप्रपाको अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । नवराजलाई साथ दिँदै महामन्त्री डा धवलशम्शेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।
आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।
सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।