arrow

भ्रष्टाचारको अनुहार

क्यासिनोको सोखले मुखमा कालो पोत्दै मन्त्री गुप्ता 

जुवाका सौखिन मन्त्री गुप्ता बिदामा चलाउँथे मिनि क्यासिनो, त्यहीँ डिल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
rajkumar-gupta-parliament.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भ्रष्टाचारको अडियोकाण्ड बाहिरिँदासमेत उनलाई कारबाही भएको छैन ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गर्ने तयारीमा लागेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । ‘मन्त्रीज्यूसँगको कुराकानीमा चित्तबुझ्दो जवाफ आएन प्रधानमन्त्रीज्यू कारबाही गर्ने मुडमा देखिनु भएको छ’, स्रोतले भन्यो । 

पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसदसमेत रहेका मन्त्री गुप्ताको घुस बार्गेनिङको यो अडियो हालैको होइन । गत पुसको हो । 

छ महिना नाघिसक्दासमेत कुनै कारबाही नहुनु र अझै पनि अलमल देखिनुले कुन साइत कुरिएको हो भनेर जताततै चर्चा परिचर्चा भइरहेको छ । 

संसदको आइतबारको बैठकमासमेत यो विषयले प्रवेश पाइसकेको छ । यति हुँदा पनि प्रधानमन्त्रीले किन मौनता साँधेको भनी प्रश्न खडा भइरहेको हो । 

गुप्ताले भने सामाजिक सञ्जालमा आफूलाई भ्रष्टाचारी प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सो अडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर बनाइएको दाबी गरेका छन् । 

गुप्ता क्यासिनोको सोखले डुबे 

ललितपुरको सानेपास्थित एक अपार्टमेन्टमा उनी मिनि क्यासिनो नै चलाउने गर्दथे । सबै भ्रष्टाचारको डिल त्यहीँ नै हुने गर्दथ्यो । उनको जुवाखालमै जति पनि कामका सेटिङ हुन् सबै हुने गर्दथे । 

शनिबार र सरकारी बिदाका दिनमा उनको त्यो ठाउँमा मिनि क्यासिनो नै चल्ने गरेको स्रोत बताउँछ । उनी जुवाका सौखिन थिए । त्यही मिनि क्यासिनोको डिलका कारण नै उनको पद धरापमा परेको छ । 

पैसाको डिलसमेत त्यहीँ हुने गर्दथ्यो । काम हुन सकेन भने कर्मचारीहरु रित्तो फर्कने गरेका थिए । कर्मचारीको बीचमासमेत उनको सेटअप राम्रो चल्ने गरेको स्रोतले बतायो । 

त्यहाँ लाखौँ रुपैयाँको सौदाबाजी हुने गरेको थियो । क्यासिनोको खाल पनि ठूलै हुने गरेको उक्त स्रोत बताउँछ । 

व्यापारीदेखि कर्मचारीसम्मले उनको त्यही मिनि क्यासिनोमा पुगेर सेटिङ गर्दथे । अहिले त्यही मिनि क्यासिनोको लतले सम्मानजनक मन्त्री पद दाउमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ