arrow

घट्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । भारतीय आयल निगमले मंगलबार पेट्रोलमा ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटाएर पठाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलमा ५ तथा डिजेल–मट्टितेलमा १ रुपैयाँ घटाएको हो । 

निगमले जारी गरेको विज्ञप्तिमा एलपीजी ग्यासको मूल्यबारे भने उल्लेख छैन । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यासको मूल्य हरेक ३० तारिखमा मात्रै आउने गर्दछ । 

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ