२०७८ फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य
सफलप्रकाश श्रेष्ठ,
प्रकाशित २०८२ असार ३२ बुधबार
747
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २६ मा अवस्थित गाः हिटीको पुनर्निर्माण गरिरहेको छ । महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ ।
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो ।
ठमेल गाः हिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग गरी भुइँ निर्माण गरिनुका साथै काठको काम र रंगरोगन गरिँदैछ ।
परियोजनको कूल सम्झौता रकम भ्याट र ओभरहेड बाहेक ७३ लाख ३३ हजार रहेको छ। २०७८ फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।