arrow

चन्द्रागिरीको बजेट दुई अर्ब ९३ करोड ४६ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
chandragiri-municipality.jpg

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।

नगरसभाको ११६औँ अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे । 

उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वानसमेत गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ