arrow

गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
gujrat-india.jpg

सप्तरी । कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुशल उद्धार गरिएको छ । 

भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो ।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका तिरहुतका-४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी-८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो ।

अध्यक्ष यादवले पीडित मजदुरको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर सङ्घको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट गरे ।  
 नेपाल राष्ट्रिय मुसहर सङ्घ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इञ्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ