arrow

सात करोड ५० लाखमा बन्दै हतुवागढीको भवन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
hatuwagadhi-gaunpalika.jpg

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ ।

आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । 

केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले रु पाँच करोड लगानी गरिसकेको छ । 

गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु छ करोड ९० भुक्तानी भइसकेको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ